पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा वर्षाको मृत्यु
पाेखरा | भदौ ११, २०८०
Photo: A.R. Paudel
पोखरा: पोखरामा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा २० वर्षीय वर्षा कुमालको मृत्यु भएको छ ।
ट्रकको ठम्करबाट गम्भिर घाईते भएकी वर्षा कुमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
पोखरा पृथ्वीचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई बागमती प्रदेश ०३००१ क २६३ नम्बरको ट्रकले २ः३० बजेको समयमा ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाईते भएकी थिईन् ।
ट्रकको ठक्करबाट गम्भिर घाईते भएकी तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएकी वर्षाको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा ३ः२४ बजेको समयमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रण लिएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

